अर्थ-वाणिज्य

स्थायी राजधानीमा संरचना निर्माणको थालनी,ब्यवस्थित शहर निर्माण समिति गठन



 दाङ १६ मंसिर । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी व्यवस्थापनका लागी तयारी थालेको छ । दाङको राप्ती उपत्यका क्षेत्र स्थायी राजधानी घोषणा भएसँगै व्यवस्थित सहर निर्माणको तयारी थालीएको छ । एक वर्षमा गुरुयोजना बनाएर भौतिक संरचना निर्माणको काम थालनी हुने  छ ।         
     सरकारले स्थायी राजधानीका लागी आवश्यक पर्ने भौतिक संरचना निर्माणका लागी गुरुयोजना तयार गर्न स्थायी राजधानीको व्यवस्थापन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानीका लागी व्यवस्थित सहर निर्माण गर्न समिति गठन गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभएको छ । प्रदेश सरकारका संरचना तयार हुन करीब चार वर्षको समय लाग्ने उहाको भनाइ छ ।

 राजधानीको व्यवस्थापन तथा समन्वय समितिको संयोजकमा आन्तरिक मामिला तथा कानून  मन्त्री रहने छन् भने सदस्य सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रहने प्रवक्ता चौधरीले बताउनुभयो । सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रशासन तथा बैठक महाशाखा,  प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवहरु तथा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी र विभिन्न्न शाखा प्रमुखहरु  रहनेछन ।

  समितिले सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वमा प्रदेशको स्थायी राजधानी रहने राप्ती उपत्यकामा जग्गाको व्यवस्थापन, गुरुयोजना निर्माण, संरचना निर्माणमा आवश्यक समन्वय तथा सहकार्य गर्ने र निर्देशन दिने काम गर्ने छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई राप्ती प्राविधिक शिक्षालयको परिसरमा स्थानान्तरण गरी प्रदेशको स्थायी राजधानीको गुरुयोजना लगायतका काम अगाडि बढाउन मन्त्रिपरिषद्ले सोमबार स्वीकृति प्रदान गरेको छ । पूर्वाधार विकास प्राधिकरणलाई प्राविधिक शिक्षालयको परिसरमा स्थानान्तरण गर्ने मुख्यमन्त्री कार्यालयको प्रस्तावलाई बैठकले स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता चौधरीले बताउनुभएको छ ।

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६