कपिलवस्तु १६ मंसिर । बौद्ध साहित्यका सारथी एवम कपिलवस्नुका शैक्षिक धराहरका रुपमा स्थापित कपिलवस्तु नगरपालिका वडा नम्बर १ चोकबजारका ९० बर्षिय तेज कुमार बौद्धाचार्यको निधन भएको छ । रुपन्दहेहीको भैरहवामा ठुला छोरा अरबिन्दको घरमा बौद्धाचार्यको सोमवार राति निधन भएको परिवारिक श्रोतले जनाएको छ । बिभिन्न रोगबाट ग्रसित बौद्धाचार्यको भैरहवाका भीम अस्पतालमा एक महिना उपचार पछि छोरा अरबिन्दको घरमा बस्दै आउनु भएको थियो ।
आफनो पुरा जीवन शिक्षा क्षेत्रमा बिताएका तेजकुमारलाई कपिलबस्तुमा नचिन्ने सायदै कोही नहोला ।६५ बर्ष शिक्षण पेशामा बिताएका उहाँले एक बर्ष अघि सम्म पढाउने गर्नु हुन्थ्यो । शिक्षा क्षेत्रमा ठुलो योगदान भएकैले होला उहाँलाई सबैले मास्टर साहेव भनी सम्मानले सम्बोधन गर्ने गर्थे । उहाँ बिक्रम सम्बत १९८८ मा तौलिहवा बजारमा जन्मनु भएको थियो । अंगे्रजी, नेपाली समाज शास्त्रमा उहाँको बिशेष रुची थियो ।
प्रतिक्रिया