प्रदेश

कपिलवस्तुमा संक्रमणका कारण ८७ को मृत्यू ५१२ सकृय



कपिलवस्तु १७ मंसिर ।३३ औ बिश्व एड्स दिवसमा कपिलस्तुको तौलिहवामा जिल्ला स्वास्थ्य कार्यालयले हाल सम्म ५ सय १२ जना सकृय संक्रमित रहेको र  एड्सका कारण  ८७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक गरेकोछ । सोही अवसरमा ४० संक्रमित बालबालिकाहरुलाइ न्यानो कपडा बाडिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सो बितरण गरिएको हो ।

  सो अवसरमा कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडे र स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बालबालिकाहरुलाई ट्रेकसुट र स्वीटर हस्तान्तरण गरेका थिए । सो अवसरमा मेसु बन्जाडेले एचआईभि एड्सको न्युनीकरणकालागि सबै निकायले ठोस सहयोग गर्नु पर्ने बताए । उनले संक्रमितहरुको हेरचार, उपचार आयआर्जनमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्थ्य कार्यालयका प्रमुख भगतले एचआईभि एड्सका बिषयमा पालिकाले समेत पहल गर्नु पर्ने बताए ।  

  
   उनले संक्रमितहरुलाई समाजमा खुलेर बस्ने वातावरण बनाउनु पर्नेमा बताए । दिवस कै अवसरमा मंगलवार जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको स्टलबाट एक हजार बढी कन्डम बितरण गरिएको थियो । कार्यक्रममा नुमुना एकीकृत विकास परिषद, निलहीरा समाज, एएचएफ नेपाल लगायतका संस्थाको सहयोग रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख भगतको अध्यक्षताम र जरिना खातुनको संचालनमा भएको थियो ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६