बुटवल १७ मंसिर । बुटवलको अस्पताल लाइनमा ट्रक लहरीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।सिद्धार्थ राजमार्ग अन्तगत चौराहबाट पुष्पलाल पार्क तर्फ आउँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रक लहरीले सोही दिशा तर्फ आइरहेको लु ४९ प २०५ नम्बरको स्कुटरलाई बुधबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालको मेन गेट अगाडी ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतित सिहं राठोरका अनुसार दुर्घटनाबाट बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय स्कुटका चालक भरत शर्माको मृत्यु भएको हो ।दुर्घटनाबाट गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
१७ मंसिर २०७७, बुधबार
प्रतिक्रिया