कपिलवस्तु १८ मंसिर ।कपिलवस्तुको सुद्धोदन गाउपालिका– १ मा ३ दिन अघि संचालनमा आएको पतरिया बर्थिङ सेन्टर संचालन भएकै दिन सुत्केरी भएका ३ महिलालाई सम्मान गरिएको छ । वडा कार्यायले स्थानीय महिला शसकला कुर्मी, संगीता केवट र कलावती यादवलाई सम्मानित स्वागत र सम्मान गरेका हो । ३ जाले नै त्यहा बच्चा जनएका थिए । वडा सचिव तिलकराम यादवले सुत्कोरी ३ महिलालाई खादा र फलमाला लगाएर सम्मानित गरेका थिए ।
सो अवसरमा उनीहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउदा पाउने १८ सयका दरले नगद समेत हस्तान्तरण गरेका थिए । स्वास्थ्य संस्थामा सुत्केरी हुदा तराईका जिल्लामा १ हजार र ४ पटक गर्भजाच गराए बापत ८ सय पाउने गर्छन । सो अवसरमा वडाध्यक्ष याादवले सबैको अथक प्रयासले आफनै वडामा बर्थिङ सेन्टर संचालनमा आएको बताए ।
उनले अब सामान्य अवस्थाको बच्चा जन्माउन बाहिर जानु पर्ने बाध्यता हटेको बताए । उनले स्वास्थ्यको सुबिधाका लागि वडाले थप लागनी गर्ने बताए । कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख नाथुराम चौधरीले वडाबसीहरुले अहिले वडा मै राम्रो स्वास्थ्य जाचको सेवा पाउने गरेको बताए । उनले पतरिया स्वास्थ्य चौकीलाइ नुमना बनाउने बताए ।
प्रतिक्रिया