बर्दिया १८ मंसिर।बर्दिया राष्ट्रिय निकुञ्जको लालमटियामा पहिचान नखुलेको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय, भुरीगाउँ बगनाहाका अनुसार निकुञ्जको ठाकुरबाबा नगरपालिका—२ लालमटियास्थित सडेको अवस्थामा शव फेला परेको हो ।ईप्रका भुरीगाउँका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार शवको प्रकृति हेर्दा पुरुषजस्तै देखिएकोले बुधबार शव परीक्षणका लागि बर्दिया अस्पताल पठाइएको छ ।
१८ मंसिर २०७७, बिहिबार
प्रतिक्रिया