गण्डकी

पौडेलको संयोजकत्वमा सूचना सञ्जाल



पोखरा १८ मंसिर । कास्कीको अन्नपूर्ण गाउँपालिकामा यज्ञराज पौडेलको संयोजकत्वमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन भएको छ । बुधबार गठित सञ्जालका सहसंयोजकमा निर्मला अधिकारी र सदस्य सचिवमा बाबुराम भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यमा छविराज पौडेल, टङ्कराज पौडेल, सुन्दर सुवेदी, अनुप पौडेल र मधु सुवेदी रहनुभएको छ ।नवगठित सञ्जालका पदाधिकारीलाई शुभकामना दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले सूचना सञ्जालले स्थानीय तहलाई अझ मजबुज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका सूचना अधिकारी बलराम भुगाईँले सूचना माग्नु  नागरिकको अधिकार भएको जनाउँदै निर्धक्कताका साथ आवश्यक सूचना मागेमा सदैव सही सूचना दिन गाउँपालिका तयार रहेको उल्लेख गर्नुभयो ।राष्ट्रिय सूचना सञ्जाल गण्डकी प्रदेशका संयोजक दीपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ बञ्जारा, पोखरा महानगर सञ्जालका सदस्य पदम श्रेष्ठलगायतले संविधानप्रदत्त सूचनाको हकको उपयोगका लागि प्रत्येक सर्वसाधारण जागरुक बन्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित : १८ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६