जीवनशैली

अभिनेत्री श्वेता खड्का मंसिर २२ गते विवाहबन्धनमा बाँधिने



मंसिर । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्।मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्।विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ।यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २0७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित : १८ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६