ब्रेकिंग न्युज

कुकुरको टोकाइबाट ६ जना र नौ पशु चौपया घाइते



सङ्खुवासभा १८ मंसिर ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका ३ को मानेभञ्याङ बजारमा कुकुरको टोकाइबाट ६ जना मानिस र नौ पशु चौपया घाइते भएका छन् ।मानेभञ्याङ बजारमा बहुला कुकुरको टोकाइबाट स्थानीय हिमला राई, रोहित पौडेली, पुरन विश्वकर्मा, बालकुमार घिमिरे, नाम नखुलेका सात वर्षीय बालक र विमान रसाईली घाइते भएको खाँदबारी नगरपालिका ३ का अध्यक्ष भरतकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन अघिदेखि बहुला कुकुरले जथाभाबी टोक्दैै हिँडेको छ ।

कुकुरको टोकाइबाट गम्भीर घाइते भएका सात वर्षीय बालकको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो । कुकुरले टोकेका सबैलाई जिल्ला अस्पतालबाट निःशुल्क रेबिजविरुद्वको खोप दिइएको छ । कुकुरले स्थानीय ईश्वर घिमिरे, ज्ञानबहादुर घिमिरे, प्रेममणि घिमिरेको गाई र बाच्छोलाई टोकेर घाइते बनाएको छ । त्यसैगरी गायत्री खनाल, ज्ञानबहादुर घिमिरे, ऋषिराज घिमिरे, उमेश गुरुङको गाई र खाँदबारी नगरपालिका ४ का बाबुराम राईको बाख्रालाई पनि कुकुरले टोकेको हो । एउटै कुकुरले बिहान र बेलुकीको समयमा टोकेको हो । त्यो कुकुर अझै पनि फेला नपरेको वडाध्यक्ष घिमिरेको भनाइ छ ।  

प्रकाशित : १८ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६