काठमाडौ १९ मंसिर । पार्टी विभाजनको खतरा उन्मुख नेकपा विवाद सितलनिवासको रोहवरमा मेगा सहमति तर्फ अघि बढ्ने संभावना बढेको छ । जस अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला शितल निवास सक्रिय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्ला बेग्लै छलफल गरेकी छिन् ।
प्रधानमन्त्री ओलीले विहिबार बिहान ११ बजे राष्ट्रपतिसँग भेट गरेका छन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच सरकारी कामसँगै पार्टीको पछिल्लो विवादको बिषयमा छलफल भएको छ ।यसैगरी विहिबार नै कार्यकारी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति भण्डारीले भेटेकी छिन् । भेटको बारेमा औपचारिक जानकारी बाहिर आएको छैन । तर स्रोतका अनुसार राष्ट्रपति भण्डारीले अलग अलग कुराकानी गरेर दुबै अध्यक्षलाई मिलाउने प्रयास जारी राखेकी छिन् ।नेकपा संकटमा शितल निवास पटक पटक सक्रिय हुने गरेको छ ।
गत वर्ष मंसिर ४ मा पनि राष्ट्रपति भण्डारी कै पहल र सक्रियतामा दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको कार्यविभाजनमा सहमति भएको थियो ।प्रचण्डलाई चुनाव भन्दा एक वर्ष अगाडी प्रधानमन्न्त्री बनाउने र अधिबेशनवाट एकल अध्यक्ष वनाउन ओलीको लिखित प्रतिबद्धता लिने ,जारी बैठकमा पेश भएका दुबै प्रतिबेदन फिर्ता लिई साझा वनाउने ,सरकार संचालनमा देखिएका समस्या सहजिकरण गर्न एक उच्चस्तरीय संयन्त्र बनाउने जस्ता उपायवाट अघि बढ्न राष्ट्रपतिले दुबै अध्यक्षलाई आग्रह गरेको श्रोतको दाविछ ।
प्रतिक्रिया