रुपन्देही १९ मंसिर । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको आयोजनामा भारत, अफ्रिका, स्वीजरल्याण्ड, मोरक्को, अष्टेलिया लगायतका ९ देशका अनुसन्धान विज्ञवाट ब्यवस्थापनमा नयाँ आयमवारे प्रस्तुत हुने ३० वटा अनुसन्धान लेखहरुमाथी बृहत छलफल सेमिनार हुने भएको छ । शुक्रवार यहि विषयमा अन्तराष्ट्रिय वेविनार प्रज्ञानम् ब्रह्म आयोजना हुदैछ । पछिल्लो बदलिंदो परिस्थिती अनुसार व्यवस्थापकिय जनशक्ति तयार गर्न अहिलेको पाठ्यक्रम, शिक्षणपद्धती तथा मूल्यांकन विधि समेतलाई पूनर्परिभाषित गर्नुपर्ने आवश्यकता महशुश गरी वेविनार आयोजना गरिएको क्याम्पसले जनाएको छ ।
गतवर्ष व्यवस्थापन शिक्षाको पूनर परिभाषित गर्नको लागि अन्तराष्ट्रिय सेमिनार सम्पन्न गरेको क्याम्पसले यसवर्ष व्यापार, व्यवस्थापन र सामाजिक विज्ञान विषयमा एकदिने वेविनार गर्न लागेको हो ।क्याम्पस प्रमुख डा तारा प्रसाद उपाध्यायले वेविनारमा समयको माग र बजारको आवश्यकता अनुसार व्यवस्थापकिय जनशक्ति तयार गर्न अहिलेको पाठ्यक्रम शिक्षण पद्धती तथा मूल्यांकन विधीलाई समेत समेटेर अन्तराष्ट्रिय स्तरको वेविनार आयोजना गरिएको वताए ।
वेविनारमा विभिन्न विश्वविद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक तथा अनुसन्धानकर्ता तथा व्यवस्थापन विषयसंग सरोकार राख्ने १५ सय भन्दा बढिको सहभागिता रहने छ ।। अहिलेसम्म उत्पादन भएका जनशक्ति बजारको मागसंग मिल्ने नदेखिएको र बजारले खोजेको जनशक्ति उत्पादन गर्न ज्ञानसंगै शिप पनि कसरी सिकाउन सकिन्छ भन्ने तर्फपनि छलफल गर्न जरुरी रहेको उनले स्पष्ट पारे ।पहिलो पटक २०३८ सालबाट अध्यापन शुरु गरेको वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोगमा गुणस्तर प्रमाणीकरणको प्रकृयामा २०६८ सालमा पहिलो पटक र २०७५ सालमा दोश्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्यूएए प्राप्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयबाट लिईने विभिन्न तह एमविएस, विबिएस र पाठ्यक्रम शुरु भएदेखि नै बिबिएम परिक्षामा बोर्ड प्रथम हुंदै यसवर्ष सर्वोत्कृष्ट क्याम्पसको रुपमा नेपाल सरकारबाट पुरस्कृत भएको क्याम्पसले जनाएको छ । लुम्बिनी वाणिज्य क्याम्पसले हाल विविएस, विविएम, विविए फाईनान्स एण्ड एकाउन्टिङ, एमविएस र एमविए बैंकिङ एण्ड फाईनान्स का कार्यक्रम संचालन भईरहेका छन् ।
त्यस्तै विविएम अप्लाईड र विएमएसका कार्यक्रमहरु यसै शैक्षिक सत्रदेखि संचालनको क्रममा रहेका छन् भने एमएमएस र विएमआईटिका कार्यक्रमहरु संचालनको लागि प्रस्ताव भईसकेको जनाएको छ । कुल ४ हजार ३ सय ७५ जना विद्यार्थी अध्ययनरत लुम्बिनी वाणिज्य क्याम्पसमा ४८ जना प्रँध्यापक र २४ जना कर्मचारी कार्यरत रहेका छन् ।
निकट भविश्यमै क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्ने आफ्नो लक्ष्य पुरा गर्न प्राध्यापकहरुको कार्यक्षमताको विकास तथा अनुसन्धानको क्षेत्रमा क्षमता अभिवृद्धि गर्न प्राध्यापकहरुलाई एमफिल र पिएचडिका लागि तलवी अध्ययन विदाको समेत व्यवस्था गरिएको क्याम्पसले दावी गरेको छ ।
१९ मंसिर २०७७, शुक्रबार
प्रतिक्रिया