लुम्बिनी

पसलमा ढुंगा हानेको आरोपमा घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख पक्राउ ,



दाङ १९ मंसिर । घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख पक्राउ परेका छन्।उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो। पसलमा ढुंगा हानेको आरोपमा प्रहरीले नगर प्रहरी प्रमुख रूद्रप्रसाद पन्थीलाई पक्राउ गरेको छ।मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताए।पन्थीले बिहीबार बेलुकी १० बजेतिर घोराही शहिद गेट नजिकैको शर्मा मोबाइल पसलमा ढुंगा हानेको प्रहरीको भनाइ छ।पन्थीले हानेको ढुंगा लागेर मोबाइल पसल सञ्चालकको टाउकोमा चोट लागेको छ। ‘उहाँले अत्याधिक मदिरा सेवन गरी मोबाइल पसलमा चुरोट माग्न जानु भएको रहेछ,’ एक प्रहरी अधिकारीले भने ‘ पसलेले यहाँ चुरोट पाइँदैन भनेपछि पन्थीले ढुंगा टिपेर हानेछन्।’ संचलकका अनुसार उनी रक्सी खाएर मात्त्एिका थिए ।

पन्थीले आफू नगर प्रहरी प्रमुख रहेकोसमेत मोबाइल पसल सञ्चालकलाई बताएको प्रहरीले जनाएको छ।‘म नगर प्रहरी प्रमुख हुँ, माथिसम्म चिनजान छ भनेका रहेछन्,’ ती प्रहरी अधिकारीले भने।प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। आवश्यक सोधपुछका लागि मोबाइल पसल सञ्चालकलाई पनि आज जिप्रका बोलाएको प्रहरीले बताएको छ। अनुसान्धानपछि गल्ती गरेको पाइएमा कारवाही गरिने प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।‘नगर प्रहरी प्रमुख हुन् भनेर जोगाउने कुरै आउँदैन,’ उनले भने ‘गल्ती गरेको पाइएमा कानुनअनुसार कारवाही गरिन्छ।’ पन्थी प्रहरी हिरासतमा छन्। सेतापाटीबाट ।

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६