काठमाडौं १९ मंसिर। भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै औपचारिक सम्वादको ढोका खुलेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको छ ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विदेश सचिवको भ्रमण तीन कारणले महत्वपूर्ण भएको बताउनुभयो।’ पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक सम्वादको ढोका खुल्यो । दोस्रो सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश सम्वादबाटै समधान खोज्न तयार भएको छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकै भविश्यमा बस्नेछ र यसमा सीमा समस्यालाई जुन गम्भीरताका साथ उठाउनुपर्ने हो, नेपालले उठाउनेछ ।तेस्रो, आगामी स्टेटहरु के भन्ने तय भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो,’समस्याहरु समाधान गर्ने र सम्बन्धलाई बलियो बनाउने बाटोमा अगाडि बढेको विश्वास हामीले लिएका छौं ।’
प्रतिक्रिया