ब्रेकिंग न्युज

चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल रुपमा अवतरण



काठमाण्डौ १९ मंसिर । चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल रुपमा अवतरण गरेको छ । चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको यान सफल रुपमा अवतरण भएको हो ।गएको नोभेम्बर २३ तारिखमा पृथ्वीबाट गएको अन्तरिक्ष यान गएराति चन्द्रमाको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । अन्तरिक्ष यानको ल्यान्डरले केही दिन चन्द्रमा वरपरको क्षेत्र अवलोकन तथा सामग्री सङ्कलन गर्ने छ ।

मानवरहीत यो यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ ।चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भए त्यसले अध्ययनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । च्याङ्ग‘ई ५ नाम दिइएको यो यान चन्द्रमामा अवतरण गर्दाका तस्बिर सार्वजनिक गरिएको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ ।यसैबीच, अमेरिकी अन्तरिक्ष संस्था नासाले चीनलाई बधाइ तथा शुभकामना दिएको छ । पृथ्वीमा यसअघि अन्तिमपटक रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुंगा ल्याइएको थियो

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६