ब्रेकिंग न्युज

पत्रकार कुटपिटमा संलग्न मालपोत कार्यालयका कर्मचारी पक्राउ



दमक १९ मंसिर । झापामा पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिटमा संलग्न मालपोत कार्यालय, दमकका कर्मचारी पक्राउ गरेको छ । खरिदार इन्द्र राजवंशीलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।पीडित पत्रकारले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय, दमकले उहाँलाई पक्राउ गरेको हो । पीडित पत्रकार घिमिरेका अनुसार जाहेरी दिइएका मध्ये मुख्य आरोपी समातिएका छन् अन्य व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छैन ।

यसअघि जग्गा रोक्का गर्न जाँदा मालपोतका कर्मचारी राजवंशीले आनाकानी गरेर घुस मागेको खबर आएपछि माउन्टेन टिभी एवं अनुसन्धान अनलाइनमा कार्यरत उहाँले ५ हजार रुपैयाँ घुस सेवाग्राहीले राजवंशीलाई बुझाएको बेला भिडियो खिच्दा पत्रकार घिमिरे कुटिनु भएको थियो ।घिमिरेका अनुसार सुरुमा खरिदार राजवंशीले सेवाग्राहीलाई २० हजार रुपैयाँ मागे पनि अन्त्यमा ५ हजार रुपैयाँमा काम गरिदिने बताएको खुलेको छ ।

भिडियो खिचेको थाहा पाएपछि आत्तिएका राजवंशीले अन्य कर्मचारी र लेखापढी गर्ने व्यवसायीलाई बोलाएर आफूमाथि कुटपिट गरेको घिमिरेले बताउनु भयो ।पत्रकार महासंघ झापा शाखाले प्रेस विज्ञप्ति निकाल्दै पत्रकार कुटपिट प्रकरणका दोषीलाई तत्काल कारबाही गर्न माग गरेको थियो ।

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६