अन्तर्राष्ट्रिय

स्वदेशी श्रमिकहरुलाई प्रोत्साहन गर्दै आप्रवासी श्रमिकहरुलाई कम गर्ने नीति अवलम्बन



 काठमाण्डौ मंसिर १९, बहराइनले आफ्नो देशको अर्थव्यवस्थामा असर पर्ने भन्दै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुलाई हटाउने विषयमा छलफल गरिरहेको छ ।बहराइनको जनसंख्या, १७ लाखको आधा भन्दा बढी विदेशीहरु रहेका छन् । बहराइनले राष्ट्रिय अर्थतन्त्र र सुरक्षालाई असर पुर्याउने भन्दै आवश्यकभन्दा बढी त्यस्ता श्रमिकलाई देशनिकाला गर्न गृह मन्त्रालयको एक समिति गठन गरेको छ ।

अवैधानिक श्रमिकको विषयमा प्रधिनिधि सभामा बोल्दै बहराइनका श्रम तथा सामाजिक विकास मन्त्री जमील हुमेदंले ५३ हजार विदेशी श्रमिकको अवस्था सुधारिएको जनाउनुभएको छ । उहाँले अन्य पाँच हजार एक सय ५५ श्रमिकले आफ्नो स्वइच्छा अनुरुप काम छोडेको बताउनुभयो ।

यस्तै बहराइनमा कोरोना महामारीकै बीच आप्रवासी श्रमिकहरुको संख्यामा ३ दशमलव १ प्रतिशतले गिरावट आएको र यो वर्ष २ दशमलव ४ प्रतिशतका दरले राष्ट्रिय रोजगारीमा वृद्धि आएको हमेदंको भनाइलाई उद्धृत गर्दै गल्फ न्यूजले समाचार छापेको छ । ‘हामी नयाँ शर्तहरुबारे अध्ययन गरिरहेका छौं, जसपश्चात विदेशी श्रमिकले बहराइनी श्रमिकसँग प्रतिस्पर्धा गर्न सक्नेछैनन्’, हुमेदंले भन्नुभयो ।अन्य खाडी देश जस्तै बहराइनले पनि स्वदेशी श्रमिकहरुलाई प्रोत्साहन गर्दै आप्रवासी श्रमिकहरुलाई कम गर्ने नीति अवलम्बन गरिरहेको गल्फ न्यूजले जनाएको छ ।

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६