कपिलवस्तु २० मंसिर । नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र श्रेष्ठले कोभिडको मारमा परेका यातायात ब्यवासायीलाई ब्याज अनुदानको पुनरुत्थान कर्जा तत्काल उपलब्ध गराउन सरकार संगमाग गर्नु भएको छ । बाणगंगा यातायात ब्यावसायी संघको अधिबेशन तथा साधारण सभाको समुद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।
यता बाणगंगा यातायात व्यवसायी समितिको आठौ अधिबेशनले नयाँ नेतृत्व सर्बसहमत रुपमा छनौट गरेको छ । अधिबेशनवाट दोश्रो कार्यकालकालागि अध्यक्षमा सामाजिक ब्यक्तित्व एवम बुद्ध आवाज टेलिभिजन र रेडियोका संचालक समिति अध्यक्ष बिष्णु न्यौपाने निर्वाचित हुनु भएको छ । यस्तै महासचिवमा पुनः लक्ष्मण भुसाल चयन हुनु भएको छ ।
बाणगंगा यातायात व्यवसायी समितिको १५ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनमा पेश भएको विधान संशोधन प्रस्ताव सर्बसहमत रुपमा पास गर्दै अध्यक्षमा दोहोरीन पाउने प्रावधान राखिएपछि न्यौपाने दोश्रो कार्यकालको समेत नेतृत्व गर्नु भएको हो । स्थानीय एक रिसोर्टमा भएको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा बिष्णु प्रसाद पौडेल, उपाध्यक्ष बुद्धि भुसाल, यधा क्षेत्री र दिनेश श्रेष्ठ, महासचिवमा लक्ष्मण भुसाल, सचिवमा कमल क्षेत्री र कोषाध्यक्षमा संदिप भुसाल चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा कृष्ण कार्की, दिपक श्रीस, मिन केसी, तोरन थापा, नारायण गिरीलाइ चयन गरिएको छ । त्यस्तै लेखा समितिको संयोजकमा कमल घिमिरे सदस्यहरुमा नेत्र प्रसाद पौडेल र प्रदिप जिसी चयन हुनु भएको छ । कार्यक्रम बिष्णु प्रसाद न्यौपानेको अध्यक्षता र महासचिव लक्ष्मण भुसालको संचालनमा भएको थियो ।
२० मंसिर २०७७, शनिबार
प्रतिक्रिया