तुलसीपुर २० मंसिर ।
लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को कात्तिकसम्ममा सबैभन्दा बढी बाँकेमा घरेलु हिंसा भएका छन ।
बैदवारका अनुसार बाँकेमा २७२, रुपन्देहीमा १६१, कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६ घरेलु हिंसाका घटना भएका छन । त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४, अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्युठानमा १३ र रुकुमपूर्वमा चारवटा घरेलु हिंसाका घटना भएका छन । उहाले घरेलु हिंसा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रित परिवारमा हुने गरेको पाइएको बताउनुभयो ।
प्रतिक्रिया