प्रदेश

मेयरले सुम्पिए नगरको भविश्यक शिक्षकको हातमा



चन्द्रौटा २० मंसिर ।स्थानीय सरकार शिक्षाको गुणस्तरकालागि लगानी बढाउदै जान अग्रसर भएपनि नतिजावाटै गुणस्तरको प्रतिफल देखा पर्न वाँकी रहेको शिवराजका मेयर नेत्रराज अधिकारीले वताउनु भएको छ ।विधार्थीको भविश्यले नै नगरको भविश्य सुन्दर हुने वताउदै सुन्दर भविश्य बनाउन सक्ने वा नसक्ने जिम्मा शिक्षकहरुको रहेको औल्याउनु भयो ।  
     शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । विद्यार्थीहरुको भविष्य शिक्षकको हातमा हुने भन्दै नगरमा शिक्षकहरुको अभाव रहेको जनाउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगरसमितिको चन्द्रौटामा भएको नगर परिषदलाई सम्बोधन गर्दै अधिकारीले शिक्षालाई गुणस्तरिय बनाउँन नगरले वार्षिक रु २ करोड खर्च गर्ने गरेको बताउनुभयो ।
     शिक्षकहरुको केहि गुनासाहरुलाई सम्बोधन गर्न नसकिएको बताउँदै शिक्षालाई अगाडी बढाउन निरन्तर लागि पर्ने जनाउनुभयो । जिल्लाको पश्चिम क्षेत्र पहिले देखिनै शिक्षामा पछाडी रहेकोले यसलाई उकास्न केहि समय लाग्ने बताउनुभयो । शिक्षाका कार्यक्रमहरुमा शिक्षकहरुसँग समन्वयन गरेर संचालन गर्ने प्रमुख अधिकारीले प्रतिबद्धता जनाउनुभयो । परिषदमा गोपाल भाटले सामाजिक प्रतिवेदन र अतिराम अलिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
    कार्यक्रममा नेपाल राष्ट्रिय संगठन जिल्ला अध्यक्ष रमेश पन्थीले कोभिडका कारण बन्द रहेका विद्यालय संचालन नहुदा पठनपाठन प्रभावित भएको बताउनुभयो । अन्य क्षेत्र खुला गर्दा समेत विद्यालय संचालन गर्ने तयारी नहुदा नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा विद्यालय संचालन गरिएको उहाँले जनाउनुभयो । संचालनमा रहेका विद्यालय अझै पनि स्वास्थ्य मापदण्डमा नरहेका कारण स्थानिय सरकारले सहयोग गर्नुपर्ने बताउँनुभयो ।
    देश संघिय संरचनामा गएपछि शिक्षामा केहि पृथक योजना आउने आशामा रहेपनि त्यसो हुन नसकेको बताउनुभयो । शिक्षा स्थानिय सरकार मातहत हुने भएकोले गुणस्तरीय नयाँ आयम ल्याउनु सुझाव दिनुभयो । बन्दाबन्दीको समयमा जोखिम मोलेर काम गरेका शिक्षकहरुको धन्यवाद व्यक्त गर्नुभयो ।  
     नेपाल राष्ट्रिय संगठन नगरसमितिलाई सहयोग गर्ने चार जनालाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी,नेकपाका नगर ईन्चार्ज लंक हमाल,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल र शिवराज नगरपालिकाका शिक्षा शाखा अधिकृत पुर्ण विकलाई करुवा र सम्मान पत्रले सम्मान गरिएको छ । नेपाल राष्ट्रिय संगठनका नगर अध्यक्ष गिरी प्रसाद गैरेको अध्यक्षतामा रहेको कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु,नेकपा नगर अध्यक्ष दिनेश पुन,वडा अध्यक्ष टेकलाल सापकोटा लगाएत सहभागिता रहेको थियो ।

प्रकाशित : २० मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६