कपिलवस्तु २० मंसिर । हिंसाविरुद्ध खवरदारी,बुहारीसंग हातेमालोमा प्रहरी शिर्षकले जसरी नयाँपनको महशुस गराउछ यस्तै नयाँ कामको थालनी गरेको छ कपिलवस्तुको एक इलाका प्रहरी कार्यलयले । १६ दिने लैङिगक हिंसा विरुद्धको अभियानको सनदर्भमा मेचीकाली बुहारी अभियानको संयोजन र इलाका प्रहरी कार्यलय पिपरा बाणगंगाको आयोजनामा भएको अन्तरकृयामा छोरी बुहारी माथि हुने हिंसाका घटनामा प्रहरीलाई खवरगर्ने काम प्रभावकारी बनाउने निष्कर्ष निकालिएको छ ।
हिंसामा कुनैपनि महिला परेको जसले थाहा पाउछ सबैभन्दा पहिला प्रहरीलाई खवर गर्ने र प्रहरीले कुनै मोलाहिा नगरी पीडकमाथि कानुनी कारवाही नै अघि वढाउने प्रविद्धता ब्यक्त भएको छ । बाणगंगाका ११ वटै बडा र कपिलवस्तु नगरपालिकाका ३ वटा बडाका महिला वालवालिका र समाजसेविहरुको सहभागितामा भएको अन्तरकृयामा हिंसाका घटना संख्यात्मक रुपमा बढेपनि समस्या समाधानमा गुणात्मक फड्को हानेको स्थितीवारे समिक्षा गरेका थिए ।
मेचिकाली बुहारी अभियानको संयोजन र इलाका प्रहरी कार्यलय पिपराको आयोजनामा भएको अन्तरकृयावाट लैङिगक हिंसा समाधान गर्न एक आपसमा मजवुत सहकार्य नागरिक र प्रहरी बीच हुने वाताबरण बनेको प्रहरी निरिक्षक दिनेश गुरुङले वताउनु भयो ।
प्रतिक्रिया