जीतपुर २१ मंसिर ।लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाणगंगा वडा नं. ४ का बालबालिकाहरुले आज र्याली सम्पन्न गरेका छन् । वाडा नं. ४ वडा बाल संजालको आयोजनामा र्याली नकालिएको थियो । वडा कार्यालयबाट निस्केको र्याली तिनकुने चोक हुदै गजेहडा बजार परिक्रमा गरेको थियो । पुनः वडा कार्यालयमा पुगी र्याली कोणसभामा परिणत भएको थियो । र्यालीमा बालबालिकाहरुले बाल अधिकार सुनिश्चित गर, हत्या हिंसा बन्द गर, बलत्कारीलाई फांसी दे लगाएका नारा लगाएका थिए भने पम्पप्लेट समेत बोकेका थिए ।
कार्यक्रमा वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बोल्दै बालबालिका माथि हुने दुव्र्यहार, हत्या, हिंसा न्युनिकरणका लागि सबै अभिभावक सचेत हुने पर्ने बताउनुभयो । बालबालिका भविष्यको कर्णधार रहेको बताउदै बालबालिका सचेत भए हिंसाका घटनाको अन्त्य हुने बताउनुभयो । कार्यक्रममा वडा महिला सदस्य इन्दीरा पन्त, टोल विकास संस्थाका भोजराज आचार्य, पत्रकार महासंघका उपाध्यक्ष पावती पाण्डे लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रम वडा बाल संजालकी अध्यष सविना थापाको अध्यक्षता, उपाध्यक्ष करुण घिमिरेको स्वागत मन्तव्य तथा सचिव सृष्टि भुर्तेलको संचालनमा सम्पन्न भएको थियो ।
२१ मंसिर २०७७, आइतबार
प्रतिक्रिया