शिक्षा

कोभिड–१९ ले उत्पन्न साझा चुनौती सामना गर्न साझा प्रयास आवश्यक ; शिक्षामन्त्री पोखरेल



 काठमाडौं २१ मंसिर।  कोभिड–१९ महामारीले उत्पन्न संकट विश्वका सबै मुलुकका लागि समान भएकाले साझा चुनौती सामना गर्न साझा प्रयास आवश्यक रहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयले आयोजना गरेको ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने सम्मेलनलाई आइतबार सम्बोधन गर्दै मन्त्री पोखरेलले सो धारणा राखेका हुन् ।

‘शेपिङ अ ह्युमान वर्ल्ड : ग्लोबल प्रस्पेक्टिभ अन हाइअर एजुकेशन’ विषयक सो सम्मेलनको उदघाटन कार्यक्रममा मन्त्री पोखरेलले शैक्षिक सत्रलाई खेर जान नदिने गरी प्रबन्ध गरेको जानकारी पनि गराए ।महामारीपछि सरकारले सूचना, सञ्चार र प्रविधिमा आधारित वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिएको र जोखिम कम भएका स्थानमा सामाजिक दूरी कायम गरी प्रत्यक्ष पढाइ शुरु भएको उनले बताए ।

सूचना र प्रविधिमा आएका नवीन आयाम र परिवर्तनलाई आत्मसात् गरी उच्च शिक्षालाई अनुसन्धनात्मक तथा नवप्रवर्तनात्मक बनाउन आवश्यक रहेकोमा उनले जोड दिए ।खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्माका अनुसार सोमबारसम्म चल्ने सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, नेपाललगायतका विज्ञहरुको सहभागिता छ । सम्मेलनमा उच्च शिक्षाको नेतृत्व, शिक्षण पद्धति, कोभिड–१९ पछिको चुनौती लगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित : २१ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६