अन्तर्राष्ट्रिय

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण , स्वास्थ्य संस्था नवीकरणको लागि निवेदन पेश गर्न मन्त्रालयको आग्रह



काठमाण्डौ २१ मंसिर । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था नवीकरणको लागि निवेदन पेश गर्न मन्त्रालयको आग्रह गरेको छ ।वैदेशिक रोजगार नियमावली २०६४ बमोजिम प्रत्येक आर्थिक वर्षको पुष मसान्तभित्र संस्था नवीकरण गरिसक्नुपर्ने भएकाले समयमै तोकिएको दस्तुर बुझाइ नवीकरण गर्न मन्त्रालयले आग्रह गरेको हो ।एभरेष्ट बैंक, सिंहदरबार शाखाको ००१००१०६२००००० खाता नम्बरमा तोकिएको दस्तुर रकम जम्मा गरी त्यसको भौचर र साथमा आवश्यक कागजातसहित पौष एक गतेदेखि पौष मसान्तभित्र मन्त्रालयमा सूचीकरण नवीकरणको लागि निवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ ।निवेदनसाथ पेश गर्नुपर्ने कागजात र विवरहणहरु नोटरी पब्लिकको कार्यालयबाट प्रमाणित गरी पेश गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रकाशित : २१ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६