ब्रेकिंग न्युज

नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक सुरु , ‘कोरोनाको डर’ भन्दै ओली अनुपस्थित



काठमाण्डौ २१ मंसिर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुभएको छैन ।ओली उपस्थित नभए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको छ । ‘धुम्बाराहीको हल सानो छ, त्यहाँ कोरोनाको जोखिम देखेपछि प्रधानमन्त्री जानुभएको छैन, सम्भवतः धुम्बाराहीमा हुने बैठकमा उहाँ जानुहुन्न होला’, प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले  भन्नुभयो । शनिबारको सचिवालयको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक नबस्न आग्रह गर्नुभएको थियो तर अन्य सदस्यले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाले स्थायी कमिटीको बैठक बस्नुपर्ने र दुवै अध्यक्षले सचिवालयमा पेस गरेका प्रस्तावको छलफल गर्ने बताएका थिए ।उज्यालो 

प्रकाशित : २१ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६