काठमाडौं २१ मंसिर। पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ९५ परीक्षणमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय ५२ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको छ ।
कहाँ कति संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५१, कास्कीमा ८७, ललितपुरमा ७४, भक्तपुरमा ५९, मोरङमा ५६, झापामा ३८, रुपन्देहीमा ३५, अछाममा ३४, बाँकेमा २९, दाङमा २५, चितवनमा २३, बर्दियामा २१ र सुनसरीमा २० जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै सिन्धुलीर नवलपरासी पूर्वमा १९\१९, काभ्रेमा १४, तनहुँ र पाल्पामा १३\१३, गोरखामा १२, इलाम र बाग्लुङमा ११\११, बाग्लुङ र लमजुङमा १०\१०, धनुषा, सिन्धुपाल्चोक र स्याङ्जामा ७\७, धादिङ र बैतडीमा ६र६, सप्तरी, सिराहा, म्याग्दी र कैलालीमा ५\५ जनामा संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार मकवानपुर र गुल्मीमा ४\४, सर्लाही, महोत्तरी, धनकुटा, रामेछाप, रोल्पा र डोटीमा ३र३, ताप्लेजुङ, सोलुखुम्बु, पर्सा, भोजपुर, रौतहट, बारा, नुवाकोट, मुस्ताङ, अर्घाखाँची, रुकुम पूर्व, नवलपरासी पश्चिममा २\२ र तेह्रथुम, उदयपुर, रसुवा, ओखलढुंगा, पर्वत, कपिलवस्तु, रुकुम पश्चिम, सल्यान, डडेल्धुरा, कञ्चनपुर र दार्चुलामा १\१ जना संक्रमित भेटिएका छन् ।








प्रतिक्रिया