प्रदेश

जिजुबुवा र आमाको सम्बन्ध विच्छेद ,चौथो पुस्तालाई आश्चर्य



गुल्मी २१ मंसिर । गुल्मीमा उमेर र अवस्थाले जिजुबुवा आमा भएका एक बृद्ध दम्पीले सम्वन्ध बिच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् ।   आफ्ना पहिलेका श्रीमान्को मृत्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो ।

    सामान्य मनमुटावका कारण घरमा सधैँ भरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन् । उनीहरुको यस्तो ब्यवहारले चौथो पुस्ता (पनाती —पनातिना ) लाई आश्चर्यमा  पारेको छ ।    यी वृद्ध दम्पत्तीले जिल्ला अदालत गुल्मीबाट कानूनी रुपमा सम्बन्ध विच्छेद गरेर अलग–अलग बस्ने निधो गरेका हुन् । यी दम्पत्ती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि आज अदालत पुगेका थिए ।

     गुल्मीमा आजभोलि सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै जान थालेका छन् । गुल्मी जिल्ला अदालतमा ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेदको घटना यो पहिलो हो  नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ  । अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन  ।  सम्बन्धविच्छेदका लागि उजुरी गर्ने अधिकांश २२(२५ वर्ष कमका महिला भएको पाईएको छ ।

    कम उमेरमा विवाह, अन्तरजातीय विवाह, मदिरा सेवन, दाईजो, वैदेशिक रोजगार, बहुविवाह, घरेलु हिंसा, बेरोजगारी, परपुरुषसँगको अवैध सम्बन्धलगायत कारण सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतले जनाएको छ ।

प्रकाशित : २१ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६