काठमाण्डौ २२ मंसिर । रौतहटमा २०६४ सालमा १४ जनाको ज्यान जाने गरी भएको बम काण्डका अर्का प्रतिवादी पनि पक्राउ परेका छन् ।संविधानसभा चुनावलाई लक्षित गरी साविक राजपुर फदरहवा गाविस ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा मोहम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको हो ।आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका ७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।पक्राउ परेका आलम अफताव आलमका भाइ हुन् । पूर्वमन्त्री आफताव आलम यसअघि नै पक्राउ परिसकेका छन् ।
२२ मंसिर २०७७, सोमबार
प्रतिक्रिया