भैरहवा २२ मंसिर । कृषि बजारलाइ आधुनिकिकरण गर्ने उद्देश्य सहित भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने भएको छ । सामुदायिक कृषि बजार पुर्वाधार बिकास आयोजना अन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउमा ब्लक बी अन्तर्गत आधुनिक भवन निर्माण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच कृषि तथा पशुपन्क्षी बिकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन ।
सोमबार एक कार्यक्रमका बीच कृषि तथा पशुपन्क्षी बिकास मन्त्री घनश्याम भुसालले शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले तुलनात्मक रुपमा बिकास निर्माणको काम राम्रो रहे पनि भैरहवाको हकमा यो प्रयाप्त नरहेको जिकिर गर्नुभयो । २४ करोड २७ लाख ४८ हजार ४ सय ४९ रुपैया लागत अनुमान गरिएको भवन निर्माण गर्न बिकास एण्ड ब्रदर्स आत्रेय र बस्नेत जेभी सिनामङलले १६ करोड ३८ लाख १७ हजार २ सय ६० रुपैयामा ठेक्का पाएको छ ।
प्रतिक्रिया