ब्रेकिंग न्युज

सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्ति पक्राउ



काठमाडौँ २३ मंसिर । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। ती दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको ब्यूरोले जनाएको छ।

‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरूलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। उनीहरूले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले सोमबार जारी गरेको सूचनामा जनाइएको छ।

प्रकाशित : २३ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६