मोरङ २३ मंसिर । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । घटना भएको आठ घण्टापछि घटनास्थल बर्खेमा पुगेको टोलीले शिक्षक श्रेष्ठलाई हात पछाडि बाँधेर घाँटी रेटेर हत्या गरेको पुष्टि भएको प्रहरी उपरीक्षक ९एसपी० सन्तोष खड्काले बताउनुभयो ।घटनास्थलमा धनकुटा, मोरङ र पाँचथरका प्रहरी परिचालन भएको पनि उहाँले बताउनुभयो ।
सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई बिहान गाई, बाख्रालाई घाँसपात गरिरहेका बेला नचिनेका मान्छेको समूहले अपहरण गरी केही पर जङ्गलमा लगेर हत्या गरेका थिए ।लामो समयमा शिक्षण पेसामा रहेर समाजसेवामा समेत लाग्नुभएका राजेन्द्रलाई गाउँलेले अभिभावक मान्ने गरेका थिए । शिक्षक श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया