गुल्मी २३ मंसिर । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले देशमा कम्युनिष्ट पार्टी (नेकपा)को सरकार आइसकेपछि विकास निर्माणका कामले फड्को मारेको दाबी गर्नुभएको छ । रुरु धार्मिक तथा पर्यटकीय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको मंगलबार शिलान्यास गर्दै मन्त्री पोखरेलले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाउनुभयो ।
सरकारले गरेका राम्रा कामलाई उल्लेख पनि गर्न नचाहने केही शक्ति लागेका भन्दै तथ्यमा आधारित भएर बोल्नसमेत उहाले आग्रह गर्नुभएको छ । प्रदेश सरकार प्रदेशका नागरिकहरुलाई समृद्ध बनाउन लागिपरेको भन्दै प्रदेशले विभिन्न योजना बनाएको उहाले बताउनुभयो । प्रदेश सरकारले व्यावसायिक रुपमा उद्यम गर्नेहरुका लागि ब्याजमा अनुदान दिने योजना ल्याएको बताउनुभयो । त्यसका लागि दीर्घकालीन रुपमा व्यवसाय गर्न पनि प्रदेशका नागरिकहरुलाई उहाले आग्रह गर्नुभएको हो ।
यस्तै लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार साथमै रहेको बताउनुभयो । केन्द्र सरकार र प्रदेश सरकारको समपूरक कोषमार्फत २०७६÷७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ ६९ पैसामा भूतथा जलाधार व्यवस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवलबीच सम्झौता भएको हो । २०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मंसिर १० गतेभित्रै कार्य सम्पन्न गर्नुपर्नेछ
प्रतिक्रिया