अर्थ-वाणिज्य

प्यूठानका महिला धमाधम स्वरोजगार कारण छ यस्तो



प्यूठान २३ मंसिर  । चुलो–चौकोमा सीमित प्यूठानका महिलाहरु स्वरोजगार बन्न थालेका छन् । व्यक्तिगत खर्चका लागि श्रीमानको भरपर्ने उनीहरु अहिले आफैं स्वाबलम्बी बनेका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाकी चित्रकली बुढाले २०६३ सालमा अल्लो उद्योग स्थापना गरी राम्रो आम्दानी लिने गर्नुभएको छ ।

 उहाले बहानेमा कोठीभीर अल्लो उद्योग स्थापना गर्नुभएको हो । पहाडमा खेर गइरहेको अल्लो (चाल्ने सिस्नो)बाट धागो निकाली पोसाकहरु बनाउन थालेको करिब २० वर्ष भयो । तत्कालीन समयमा एक लाख ९० हजार रुपैयाँको लागतमा बुढाले उद्योग सञ्चालनमा ल्याएकी थिइन् । उद्योगमा अहिले करिब आधा करोड मूल्य बराबरको लगानी भइसकेको छ ।

 उहाले अहिले उद्योग सञ्चालन गरी मनग्य आम्दानी गर्ने गर्नुभएको छ । भने अन्यलाई पनि रोजगारी दिनुभएको छ । त्यस्तै, प्यूठान नगरपालिका–९, मरन्ठानाकी दुर्गा केसीले वन–जंगलमा खेरा गइरहेका कच्चापदार्थहरुको प्रयोग गरी हर्बल साबुन उद्योग स्थापना गरी मनग्य आम्दानी गर्ने गर्नुभएको छ । उहाले २०५७ सालमा झिमरुक हर्बल साबुन उद्योग स्थापना गर्नुभएको हो । उनीहरु त एक उदाहरणीय पात्रमात्रै हुन् । देशमा संघीयता आएपछि विभिन्न संघ–सस्थाले तालिम र आर्थिक सहयोग गर्न थालेपछि उनीहरु स्वरोजगार बन्न थालेका हुन ।

    दुना–टपरी उद्योग सञ्चालन गरेरै उनीहरुले घरखर्च र छोराछोरीको पढाइमा समेत टेवा पु¥याएका छन् । स्थानीय महिलाहरुलाइ स्वरोजगार बनाउने उदेश्यले प्यूठानका स्थानीय तहले स्वरोजगारमूलक कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्ने गरेका छन् ।

प्रकाशित : २३ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६