लुम्बिनी

नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक गौतमको निधन



दाङ, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । गौतमको ९३ वर्षको उमेरमा आज विहान करीव ३ बजेतिर निधन भएको हो ।कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर गिपरेका गौतम हाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सल्लाहकार परिषद्का सदस्यसमेत रहेका थिए । गौतमको आज बिहान ११ बजे घोराही रझेनास्थित शंखे पिपल घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी दाङले गौतमप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी अध्यक्ष टीकाराम खड्काले नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य गौतमको निधनले कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६