लुम्बिनी

१० लाखभन्दा बढी मूल्य बराबरको अवैध सामग्री बरामद



बुटवल २४ मंसिर । नवलपरासी (पश्चिम ) प्रहरीले  पिकअप जिपसहित १० लाखभन्दा बढी  मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ  ।तस्करीमा संलग्न जिपसहित अन्दाजी १० लाख ५१ हजार मूल्य बराबरको अवैध मालसमान पक्राउ गरि आवश्यक कारवाहीकालागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको बुधवार त्यहाँका प्रहरी प्रबक्ता डिएसपी राजु लामाले जानकारी दिए ।उनका अनुसार भारतबाट भन्सार छली गरि ३ लाख १३ हजार २ सय मुल्य बराबरको दुई बोरामा राखिएको ५ सय २२ थान छालाको पेटी –(बेल्ट ) बरामद गरिएको हो ।

त्यस्तै, भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको लु १ च ६४१३ नम्वरको  पिकअप जिपमा सय वटा दुई क्वीन्टल बोईलर कुखरा  प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले सुस्ता गाउँपालिका –५, टुटहवा पुलबाट नियन्त्रणमा लिएको थियो ।उक्त कुखराको मूल्य अन्दाजी ३८ हजार र गाडीको मूल्य अन्दाजी ७ लाखसहित नियन्त्रणमा लिई चालक सहित महेशपुर पशु क्वारेन्टा कार्यालयमा बुझाईएको डिएसपी लामाले बताए । 

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६