प्रदेश

भारतले भौगोलिक संकेतको लागि गरेको दावीप्रति नेपालको आपत्ति



काठमाडौँ २४ मंसिर । भारतले बासमती धानको भौगोलिक संकेतको लागि गरेको दावीप्रति नेपालले आपत्ति प्रकट गरेको छ । भारतले बासमती धान भारतको हो भनि भौगोलिक संकेतको लागि युरोपियन युनियनमा निवेदन दिएको छ । सो निवेदनप्रति नेपालले गम्भीर आपत्ति जनाएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा हरीबहादुर केसीले बताए ।कृषि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव तथा सरोकारवालाले छलफल गरी बसमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्ने निर्णय भएको छ ।

नेपालमा परापूर्वकालदेखि बासमति धान उत्पादन गरेको र निर्यात पनि गर्दै आएको मन्त्रालयको दावी छ । बासमतीमा नेपालको समेत हक स्थापित हुनुपर्ने भएकोले सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्रमार्फत तोकिएको म्यादमा दावी विरोध गर्ने निर्णय अनुसार नेपालको तर्फबाट केन्द्रले आधिकारिक दावी पेस गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी गराए ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६