अर्घाखाँची २४ मंसिर ।नेपाली कांग्रेस अर्घाखाँचीले २ वटा नतिजा एकैसाथ हात पारेको छ । पहिलो २०७२ सालको तुलनामा २०७७मा पार्टीको कृयासिल सदस्यता ६हजारवाट बढेर १२ हजार पुगेकोछ । दोश्रो प्रदेश ५ वाट कृयासिल सदस्यताको विवरण केन्द्रमा बुझाउनेमा देशकै पहिलो हुन पुगेकोछ । कोरोनाभाइरस महामारीबीच क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो । ‘सचिव विष्णुप्रसाद भुसालले बुधवार केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यको विवरण बुझाउनु भएको सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ले जानकारी गराउनु भएको छ ।
पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार क्रियाशीलको विवरण बुझाउने अर्घाखाँची कांग्रेस पहिलो हो । अरू ७३ जिल्लामा क्रियाशीलको काम भइरहेको छ । सभापति खनालले कोरोनाको निहुँ देखाएर क्रियाशीलको काम रोक्न नहुने बताउनुभएको छ । उहाले अर्घाखाँचीबाट ११ हजार आठ सय ७० जना क्रियाशीलको नाम केन्द्रीय कार्यालयमा बुझाएको जानकारी दिनुभयो । जुन संख्या २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा जम्मा ६ हजार मात्रै थियो । गत वर्ष नै सकिनु पर्ने समायोजनका काम तीन जिल्लामा अझै बाँकी छ ।
प्रदेश नम्बर २ अन्तर्गत बारा र सप्तरी तथा बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकमा समायोजनको काम सकिएको छैन । यी जिल्लामा २०७२ सालको अधिवेशनबाट निर्वाचित समितिले नै काम गरिराखेको छ । विधानअनुसार यी तीन जिल्ला समितिमा संघीय संरचनाअनुसार संगठन छैन । गत कात्तिक २८ को केन्द्रीय कार्यसमिति बैठकले ७७ जिल्लाबाट मंसिर मसान्तभित्र क्रियाशीलको विवरण पठाइसक्न समय तय गरेको थियो ।
तर समायोजन नै नसकिएका तीन जिल्लामा क्रियाशील फारम नै पुगेको छैन । समायोजन नसक्ने जिल्लालाई केन्द्रीय कार्यालयले क्रियाशीलको फारम दिने गरेको छैन ।
प्रतिक्रिया