अर्थ-वाणिज्य

गैससलाई ३ काम मार्फत अघि बढ्न सांसद पन्थीकोे आवहान



कपिलवस्तु २५ मंसिर ।सांसद विष्णु पन्थिले सामाजिक सस्थाले अव जागरण र चेतनाका कुरा मात्र गरेर नहुने भन्दै आर्थिक समृद्धीको संवाहक बन्नु पर्ने वताउनु भएको छ । उहाले अव सामाजिक सस्थाले श्रमको बिशिष्टीकरणमा योगदान ,उद्यमसिलता प्रवद्र्धन र उत्पदन मार्फत आय आर्जनमा विभिन्न तहका सरकारसंग हातेमालो गरेर अघि बढ्नु पर्ने स्पष्ट पार्नु भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले   राखेको संस्थाको  बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।


   वाणगंगाको पिस हिमालय रिसोर्टमा विहीबार भएको उक्त कार्यक्रममा सिद्धार्थले एक बर्षभर  गरेका र आगामी दिनमा गर्न बाँकी कामहरुको बारेमा जानकारी गराइएको थियो । जिल्ला समन्वय समिति कपिलवस्तुकी उप प्रमुख तारावती चौधरीले गैरसरकारी संस्थाले महिला, बालबालिका, जेष्ठ नागरिकको क्षेत्रमा उलेख्य काम गरिरहेको बताउनुभयो । सिद्धार्थले गरिब तथा विपन्नको क्षेत्रमा राम्रो काम गरेको भन्दै आगामी दिनमा पनि यो बर्ग र समुदायको लागि काम गर्नेमा आफु आशाबादी रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा  नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला  अध्यक्ष झविलाल पोख्रेलले संस्थाले समुदायमा गरेको कामको प्रशंसा गर्नु भएको थियो ।  नेपाली कांग्रेसका नेता रवि बहादुर काफ्लेले सामाजिक संस्थाले सरकारले गर्नु पर्ने काम गरेको बताउनु भयो । वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्यालले संस्थाले गरेको कामले वडालाई सहज भएको बताउनु भयो ।   
    विभिन्न दातृ निकाय र सरकारी निकायका गरी झण्डै एक दर्जन कार्यक्रम सञ्चालन भैरहेको सिद्धार्थमा कोभिड १९ को विषम परिस्थितीमा पनि संस्थाले काम गरेको संस्थाका अध्यक्ष तेजप्रसाद आचार्यले बताउनु भयो ।कार्यक्रममा सिद्धार्थ क्याम्पसका पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली,  संस्थाका पूर्व अध्यक्षहरु टंकप्रसाद आचार्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव रोमकान्त घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६