कपिलवस्तु २५ मंसिर । लैंगिक हिंसा नगर्ने र हुन पनि नदिने भन्दै वाणगंगा कपिलवस्तुले हस्ताक्षर अभियान शुरु गरेको छ । बिहीबारर वाणगंगा नगरपालिकामा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसरमा यसक्षेत्रका जनप्रतिनिधी, अधिकारकर्मी तथा विभिन्न राजनैतिक दलका प्रतिनिधीले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उप–प्रमुख तारावती चौधरीले अझैपनि समाजमा लैंगिक हिंसा न्यूनिकरण हुन नसकेको बताउनुभयो । उहाँले ब्यक्तीको सोच तथा ब्यवहारमा परिवर्तन नआउँदासम्म यस प्रकारका हिंसाहरु अन्त्य नहुने भन्दै त्यसको लागि सबैले आफ्नो सोच बदल्नुपर्नेमा जोड दिनुभयो ।उप–प्रमुख थारुले घरपरिवारमै पनि विभेदको ठुलो खाडल रहेको भन्दै त्यसलाई चिर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।नगरपालिकाका उपमेयर चक्र अर्यालले नेपालको संबिधान विश्वमै उत्कृष्ट भएको भन्दै यसको कार्यान्वयन तर्फ लाग्नुपर्ने बताउनुभयो । नगरपालिकाले लैंगिक हिंसा अन्त्यका काम गरेको बताउदै महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउन विभिन्न सिपमुलक र आयआर्जनका कार्यक्रम गरेको बताउनु भयो । जो कोहिलाई हिंसा भएमा न्यायिक समितिमा आउन समेत उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अमित पौडेल , जनमोर्चाका दल बहादुर रानाले लैंगिक हिंसाका लागि सबैले प्रयास गर्नु पर्ने , भएका कानुन कार्यान्वय गराउनु पर्ने जनाउनु भयो । वडा नं १ का वडा अध्यक्ष वालकुमारी पन्तले महिलालाई हेर्ने दृष्टिकोण परिवर्त आउन जरुरी रहेको बताउनु भयो । नगरका महिला तथा वालवालिका फाँट प्रमुख सुशिला पन्तको सञ्चालनमा भएको कार्यक्रममा महिला नेतृहरु प्रभा पौडेल , विमला गैरे , नागरिक समाजका दोलख बहादुर पछाईले सोच र व्यवहार परिर्वतन गरेर मात्र महिला माथि हुने हिंसा कम हुने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले जिल्लाको महिलाको अवस्थाको बारेमा अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । यस्तै सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराले सचेतनामुलक कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय पिपराको आयोजना र वाणगंगा नगरपालिकाको समन्वयमा कार्यक्रममा सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य हिंसाको बारेमा पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी गराउनु भएको थियो ।
साथै उहाँले यौनजन्य हिंसा र त्यसबारे कानुनी ब्यवस्थाकोबारे जानकारी गराउनुभएको थियो । प्रहरीको एकल प्रयासले मात्र यस्ता घटना न्यूनिकरण नहुने भन्दै सबै सरोकारवाला मिलेर यस्ता घटना न्यूनिकरणमा लाग्नुपर्ने बताउनु भएको थियो ।








प्रतिक्रिया