ब्रेकिंग न्युज

हिंसा पीडित महिलाको जितको सुनिश्चित हुने ग्यारेण्टी गरिन्छ :प्रजिअ पौडेल



 कपिलवस्तु २५ मंसिर ।लैगिंक हिंसाबाट प्रभावित भएका महिलाहरुले हिंसा सम्वन्धी मुद्धा नजिक बाट नियाल्न प्रमुख जिल्ला अधिकारी सँग गुनासो गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा हिंसा प्रभावित र अधिकारकर्मीहरुले धेरै हिन्साका घटना जनप्रतिनिधी र राजनैतिककर्मीले प्रभावित प्रति दवाव दिई मिलाउने गरेको बताए । कपिलवस्तुमा लैगिंक  हिन्साका घटना समेत बढ्दै गएकोमा अधिकारकर्मीले चिन्ता व्यक्त गरेका थिए ।
   कार्यक्रममा उठेका सवालको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले सबै प्रकारका हिंसा न्युनीकरणका लागि प्रशासनले उचित भुमिका खेल्दै आएको बताउँनु भयो । हिन्सा प्रभावितको पक्षमा जित हुने गरि मात्र मुद्धाको सुनुवाई गरिने पौडेलले बताउँनु भयो । कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस विष्णु सुवेदीले न्यायमा पहुँच नहुँदा न्यायमा ढिलाई भएको बताउँनु भयो
    हिंसा प्रभावितहरुमा आर्थिक, सामाजिक, भौगोलिक, सुचना, परामर्षदाताको पहुँच नहुँदा न्याय पाउन समय लाग्ने सुवेदीले बताउँनु भयो । कार्यक्रममा जिल्ला न्याधिवक्ता रत्न प्रकास गिरी, प्रहरी उपरीक्षक नवराज अधिकारी , सहायक प्रमुख जिल्ला अधिकारी गणेश वहादुर नेपाली , शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले उठेका सवालका जवाफ दिएका थिए । कार्यक्रममा अधिवक्ता शैलेन्द्र आम्डेकरले कार्यपत्र प्रस्तुत र बसन्त बन्जाडेको संचालनमा, जिल्ला प्रशासन कार्यालयको आयोजना र माहुरीको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६