कपिलवस्तु२६ मंसिर ।कपिलवस्तुमा ६० वर्षको बुवाबाट ६ वर्षकी आफ्नी छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बुद्धभुमी नगरपालिकामा भएको घटनामा बुवाबाट पटक पटक बलात्कृत भएको खुल्न आएको हो । मङ्सिर १० गते राती बलात्कृत भए पछि ती बालिकाले २ दिन पछि घर नजिकैका छिमेकीलाई घटना बताएकी थिइन ।
छिमेकी महिलाले घटनाको जानकारी पाए पछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खबर गरेकी थिइन । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । तिन वर्ष अगाडी ती वालिकाको आमाले अर्को बिहे गरेर हिँडे पछि घरमा बुवा छोरी मात्र बस्दै आएका थिए ।
प्रतिक्रिया