प्रदेश

हरेक पालिकामा विपद कार्ययोजना तत्काल लागु गर्न प्रजिअको आग्रह



कपिलबस्तु २६ मंसिर। जिल्लामा शितलहर बढे संगै शितलहरबाट जोगिनको लागि विपद सम्बन्धि कार्ययोजना तत्काल  बनाएर अगाडि बढन कपिलवस्तुका  प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले आग्रह गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको  बैठकमा सो आग्रह गर्नु भएको हो ।सबै पालिकाका मेयर र अध्यक्ष सहभागि बैठकमा  प्रजिअ पौडेलले जुन स्थानिय तहले विपद सम्बन्धि कार्ययोजना नबनाएको स्थानिय तहले तत्कालै योजना बनाएर कार्यन्वयनमा ल्याउन आग्रह गर्नु भयो बनेको तहमा लागु गर्नुस उहाले प्रष्ट पार्नु भयो ।
   शितलहरबाट बढी प्रभावित हुने ११ जिल्ला मध्ये कपिलबस्तु पनि रहेको छ । शितलहरबाट प्रभावित हुने जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, सुनसरीको दक्षिणी भाग, नवलपरासी पश्चिम र कपिलबस्तु रहेको छ । बैठकमा शिवरज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगर भित्र रहेका ८० बर्ष भन्दा माथिकालाई कम्बल बड्ने योजना रहेको बताउनु भयो । साथै चोक चोकमा दाउरा बाल्नको लागि सामुदायिक वनहरुसंग सहकार्य भइसकेको उहाले वताउनु भयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले प्रत्येक बर्ष समुदायिक बन संग सहकार्य गरेर चोक चोकमा दाउरा बाल्ने, विद्यालयमा रहेको विपन्न, गरीब विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने लगायतको कार्य गर्दै आएको र यो वर्ष पनि नगर जारी राख्ने जानकारी दिनु भयो ।
    छलफलमा  विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले विपन्नलाई न्यानो लुगा  लगाउने र ओढ्नका लागि गाँउपालिकाबाट योजना बनाइएको स्पष्ट पार्नु भयो । अध्यक्ष थापाले  विगतको ३ वर्षमा न्यानो कपडा पाउन छुटेका यस वर्ष पहिलो प्राथमिकतामा रहेको औल्याउनु भयो ।सो अवसरमा बोल्दै तौलिहवा अस्पतालका मे सु डा. किशोर बन्जाडेले  अस्पतालमा औषधीको समस्या नरहेको वताउनु भयो ।

   जिल्लाका विभिन्न स्थानबाट प्राकृतिक प्रकोपजन्य घटनाका कारण राहत माग गरी दिएको निबेदन अनुसार जिल्ला प्रकोप व्यवस्थापन कोषबाट १६ जनालाई १५ हजारको दरले रहत दिने, जिल्लामा सर्प दंशका कारण मृत्यु भई राहत माग गर्न निबेदन दिएका शिवराज नगरपालिका १ की आरती वि.क र बाणगंगा नगरपालिका ११ का राजु लम्साललाई राहतका लागि आन्तरिक ममिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा पठाउने निर्णय भएका छ ।

    त्यस्तै कृष्णनगर नगरपालिका क्षेत्र भित्र वर्षातको समयमा बढीले काटन गरी क्षति भएको क्षति न्यूनिकरणका लागि गृह मन्त्रालय, आन्तरिक ममिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा पठाउने निर्णय भएको प्रजिअ पौडेलले प्रेसपाटीलाई जानकारी दिनु भयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले जाडोबाट प्रभावितलाई राहत वितरण गर्दा एकद्धार प्राणलीबाट वितरण गर्नु पर्ने तर्क गर्नु भयो  । साथै उहाले मिडियाबाट जनतालाई सूसूचित गर्न पालिकालाई आग्रह गर्नु भयो ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६