लुम्बिनी

नेपालगञ्ज विमानस्थलको पार्किङ क्षेत्र विस्तार , एकै साथ ६ वटा विमानलाई पार्किङ गर्न सक्ने



नेपालगञ्ज २६ मंसिर । नेपालगञ्ज विमानस्थलको पार्किङ क्षेत्र विस्तार गरेर एकै साथ ६ वटा विमानलाई पार्किङ गर्न सक्ने बनाइएको छ । पार्किङस्थल विस्तारपछि एटिआर ७२ देखि एयरबस ३२० सम्मका विमानहरू पार्किङ गर्न सहज हुनेछ । २८ करोड ५३ लाख लागतमा पार्किङस्थल विस्तार कार्य सम्पन्न भएको हो ।पार्किंङस्थलको विस्तारसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गर्नका नयाँ मास्टर प्लान (गुरु योजना) स्वीकृत गरी ४ अर्बको लगानीमा अत्याधुनिक सुविधासम्पन्न नयाँ टर्मिनल भवन र रनवे विस्तार कार्य सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयका प्रमुख प्रेम नाथ ठाकुरले बताए ।

नेपाल सरकारले नेपालगञ्ज र बिराट नगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ नेपाल सरकारले मास्टर प्लान स्वीकृत गरेको हो ।नेपालगञ्ज विमानस्थलको रनवे (धावन मार्ग) को लम्बाइ १ हजार ५ सय २४ मिटर र चौडाइ ३० मिटर छ। २०७७ फागुनसम्ममा थप २०० मिटर धावनमार्ग विस्तारको काम सम्मन्न गरेर १ हजार ७ सय २४ मिटर पुराइने गरी काम भइरहेको छ ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६