प्रदेश

अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग पूर्णरुपमा संचालनमा आयो



नवलपरासी २६ मंसिर । ट्र्याक्टर चालकको ज्यान गएपछि स्थानीयको प्रदर्शनका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग पूर्णरुपमा संचालनमा आएको छ ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किबासमा गएराति चालकको ज्यान गएपछि स्थानीयले प्रदर्शन गर्दा दुम्किबासको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीको कुटाइबाट लु ३ त ८१७५ नम्बरको ट्र्याक्टर चालक दाङ राजापुर गाउँपालिका ४ का हरिश्याम यादवको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन् । विनयी त्रिवेणी २ को पहेली भित्ता भन्ने ठाउँको विनयी खोलामा भएको घटनालाई लिएर स्थानीय बासिन्दाले अहिले प्रहरी कार्यालयसमेत घेराउ गरेर राजमार्ग बन्द गराएका थिए ।

प्रहरीले भने नदिजन्य पदार्थ अवैध रुपमा निकाल्दै गरेको समयमा ट्र्याक्टरसहित भाग्ने क्रममा दुर्घटनामा परेर उनको ज्यान गएको जनाएको छ । घटनाको विषयलाई लिएर प्रहरी र स्थानीय बासिन्दाबीच झडपसमेत भएको थियो । प्रहरीले भीडलाई  नियन्त्रणमा लिन १३ राउण्ड अश्रु ग्यास प्रहार गरको थियो ।अहिले प्रदर्शनकारीलाई प्रहरीले हटाएर राजमार्ग खुलाएको छ । स्थानीयले घटनाको छानबिनको माग राखेका छन् । अहिले मृतक यादवको शव भरतपुरमा राखिएको छ । शवको पोष्टमार्टम गरिने र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताउनुभयो ।स्थानीयले घटनाको छानबिन गरी मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता नआए फेरि आन्दोलन गर्ने बताएका छन् । 

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६