विराटनगर २६ मंसिर । नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या चन्दा नदिएको निहुँमा गरेको खुलेको छ।विप्लवले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको भए पनि १० हजार चन्दा नदिएको निहुँमा उनको हत्या भएको खुलेको हो। विप्लव समूहले गत असारमा श्रेष्ठसँग १० हजार चन्दा मागेका खुलेको छ। सो समयमा उनले ५ हजार मात्र रहेको बताएपछि सो रकम नलिई ‘विप्लव’ समूहका कार्यकर्ता फर्किएका थिए।अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो साता पनि बाहिरबाट सरहरू आउनुहुन्छ भन्दै विप्लव समूहले खसी मागेको थियो। तर, श्रेष्ठले खसी नदिएपछि ‘विप्लव’ समूहका कार्यकर्ता रुष्ट बनेका थिए।
२६ मंसिर २०७७, शुक्रबार
प्रतिक्रिया