काठमाडौं २६ मंसिर । सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले यस्तो सिफारिस गरेको हो ।
मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे, अर्थ मन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।
समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।सिफारिसमा आन्तरिक पर्यटन प्रवद्र्धन सार्वजनिक खर्चमा कटौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि सो निष्कर्ष निकालिएको जनाइएको छ । मन्त्रालयले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने भन्दै सातामा








प्रतिक्रिया