लुम्बिनी

मुख्यमन्त्री पोखरेलद्धारा चन्द्रौटामा स्मार्ट रिफ्रेस सेन्टर शिलान्यास



 कपिलवस्तु २६ मंसिर । कपिलवस्तुको चन्द्रौटा स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा हाटबजार नजिकै बन्न लागेको रिफ्रेस सेन्टरको शुक्रवार मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभएको छ ।कार्यक्रममा मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेन्टर संचालन आएपछि सवारी दुर्घटनमा न्युनिकरण हुने बताउनुभयो । सवारी चाप रहेको क्षेत्रमा मुख्यतः चालकहरुलाई विश्रामको लागि अति उपयोगि हुने जिकिर गर्नुभयो ।

प्रदेश सरकारले पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न ठाउँहरु रिफ्रेस सेन्टर बनाउने कामलाई अगाडी बढाएकोले यसको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । राजमार्गको छेउछाउमा देखिने फोहोर मैलाले गिज्याइरहेको बेला प्रदेशको यो अबधारणले योजनाले नयाँ युगको स्वच्छ र सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तु जिल्लामा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको बताउनुभयो । शिवराज नगरपालिका क्षेत्रमै प्रदेशस्तरिय सरुवा रोग निर्माणको काम अघि बढेकोले यहाँका नागरिकहरुलाई उपचारको लागि अन्यन्त्र जानुपर्ने बाध्यता हटने बताउनुभयो । प्रदेशको स्थायी राजधानि सँग जोडिएको शिवराज नगरपालिका र कृष्णनगर नाकाको मुख्य केन्द्रबिन्दु चन्द्रौटा बन्ने बताउनुभयो । राजधानीको फाईदा चन्द्रौटावासीहरुलाई हुने भएकोले आर्थिक अवस्थालाई उकास्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटकिय हिसावले कपिलवस्तु प्रदेशकै उत्कृष्ट रहेकोले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने जनाउनुभयो । उत्तरी भेगमा रेलमार्ग र दक्षिणी क्षेत्रमा हुलाकी राजमार्गको कामले गति लिएकोले अब विकास भएन भन्न नमिल्ले जिकिर गर्नुभयो । कपिलवस्तु जिल्लामा सिचाईका लागि राप्ती सुरही नाका डाइभर्सन र कालीगण्डकी तिनहु डाइभर्सन योजनाले पूर्ण रुपमा सिचाई गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले कृषक र उद्यम गर्न चाहानेहरुका लागि बैक ब्याज सरकारले तिरिदिने भएको यसको लाभ लिन जिल्लावासि अग्रसर हुन आग्रह गर्नुभयो ।

भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले अब लुम्बिनी प्रदेश क्षेत्रभित्र पूर्वपश्चिम सडक छेउछाउँमा फोहोरमैला देख्नुपर्ने बताउनुभयो । अहिले सम्म सवारी साधानहरु जंगल प्रवेश गर्दा वित्तिकै दिशापिसाब गर्न रोक्नुपर्ने बाध्यता रिफ्रेस सेन्टरले हटाएको बताउनुभयो । उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले रिफ्रेस सेन्टर निर्माणले वातावरण प्रदुषण कमि हुने बताउनुभयो । वातावरण संरक्षण र विकास निर्माणमा एक आपसमा द्धन्द भएकोले सन्तुलित तरिकाले विकासको योजना अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश सभा सदस्य दिर्घनारायण पाण्डेले कपिलवस्तु पछाडि परेको जिल्ला भएपनि अहिलेको सरकारले अग्र भागमा ल्याउन विभिन्न कामहरु गरिरहेको बताउनुभयो  । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । कपिलवस्तु जिल्ला हरेक दृष्टिकोणले पछाडि परेकोले अहिले सरकारले गौरवका योजनाले माथि उकास्न सहयोग पुग्ने बताउनुभयो । 

रिफ्रेस सेन्टर दुई वर्ष भित्र सम्पन्न हुने गरी पहिलो चरणमा रु ३ करोड ६४ लाख लागतमा भिमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवाले रिफ्रेस सेन्टर निर्माण गर्ने जिम्मा पाएको छ । स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन र ड्राइभर रुम लगायतका संरचना बन्ने छन्  ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६