प्रदेश

दाङका कारागारमा ६ बिदेशी सहित २५० जवरजस्ती करणीका अभियुक्त



घोराही २६ मंसिर । दाङका दुई कारागारमा अन्य मुद्धाको तुलनामा जबरजस्ती करणी मुद्धामा सजाय भोगिरहेका धेरै छन् । बढ्दो जबरजस्ती करणीका घटना सँगै सजायका लागि कारागार पुग्ने कैदिबन्दीको संख्या अन्य मुद्धाको तुलनामा निकै धेरै रहेको तथ्यांकले देखाएको छ । घोराही कारागार र तुलसीपुर कारागारमा गरि जवरजस्तीकरणी मुद्धामा अहिले २ सय ४१ जना कैदीबन्दीले जेल जीवन बिताईरहेका छन् ।     
     यस्तै दाङमा ६ जना विदेशी नागरिकले जेल जीवन विताईरहेका छन् । तुलसीपुर कारागारमा जवरजस्तीकरणी मुद्धामा ४ जना, लागु औषध र अपहरण मुद्धामा एक एक जनाले सजाय भोगिरहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा ३ जना बालबच्चा आश्रित रहेका छन् । तुलसीपुर कारागारमा २५ जना महिलाले सजाय काटिरहेका छन् । उनीहरु मध्य ३ जनाको बच्चा समेत आश्रितको रुपमा बसेका छन् ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६