कपिलवस्तु २७ मंसिर ।कपिलवस्तुका ४ वाट पालिका गरिएको निःशृुल्क आँखा शिबिरमा १२ सय बढीको आखा परिक्षण गर्दा ३ सय २१ जना मोतिया बिन्दुका बिरामी फेला परेका छन । यो संख्यालाई प्रतिशतमा हेर्दा आँखा जचाउने मध्ये २५ प्रतिशत बढीलाई मोतिया बिन्दु भएको स्पष्ट हुन्छ । लिडो नेपालको आयोजना, आखा अस्पताल तौलिहवाको प्राबिधिक सहयोग तथा कतार च्यारेटीको आर्थिक सहयोगमा शिबिर भएको हो ।
मायादेबी गाउपालिकाको पकडी, बाणगंगा नगरपालिकाको जितपुर, बुद्धभुमी नगरपालिको गोरुसिंगे र यशोधरा गाउपालिकाको बैदौलीमा शिबिर गरिएको हो । चार स्थानमा भएको शिबिरमा १२ सय ३० जना आखाका बिरामीको जाच भएको तौलिहवा आखा अस्पतालका ब्यवस्थापक प्रशासन्त कार्कीले बताए । सो शिबिरमा ३ सय २१ जना मोतिया बिन्दुका बिरामी फेला परेको उनले बताए । आखा जाच गराएका बिरामीलाई औषधी समेत निःशुल्क उपलब्ध गराइएको थियो ।
फेला परेका मोतिया बिन्दुका बिरामी मध्ये ९० जनाको तौलिहवा आखा अस्पतालमा निःशुल्क अप्रशेन समेत भईसकेको छ । बिरामीका अप्रशेनको शुल्क भने लिडोले आखा अस्पताललाई बुझाउने छ । प्रत्येक बिरामीको अप्रशेन बापत करिब ४ हजार शुल्क लाग्ने गर्दछ । आखाका रोगीहरुलाई लक्षित गरी यस बर्ष पनि जिल्लामा आखा शिबिर गरिएको अध्यक्ष लिडोका अध्यक्ष ताथ सांसद अतहर कमालले बताए ।
शिबिरबाट गरिब र बिपन्न परिवाहरु लाभांन्वित भएका छन । रकम अभावका कारण आखाको अप्रशेन गर्न नपाएका मोतिया बिन्दुका बिरामीहरुले अहिले आफुहरुले नया जीवन पाएको बताए । उनीहरुले लिडाले आफुहरु जस्ता बिपन्न परिवारको निःश्ुल्क अप्रेशन गराएर निकै सराहनीय काम गरेको उनीहरुले बताए । कतार च्यारेटीकिो सहयोमगा लिडाले कपिलवस्तु र रुपन्देहीका बिभिन्न स्थानमा गरिब र बिपन्नहरुलाई लक्षित गरी बिभिन्न सामाजिक र आयमुलक काममा सहयोग गर्दै आएको लिडोकी ब्यवस्थापक सुनिता बेल्बासेले बताईन ।
प्रतिक्रिया