प्रदेश

एकैदिन कांग्रेसको प्रदर्शन,राजावादीको रयाली संयोग की तालमेल ?



 कपिलवस्तु २७ मंसिर ।  कपिलवस्तुमा एकैदिन नेपाली कांग्रेसको प्रदर्शन र राजावादीका रयाली आयोजना भएको छ । मंसिर  २९ मा दुबै पक्षको कार्यक्रमलाई भब्य पार्ने तयारी छ । जस अनुसार नेपाली कांग्रेस कपिलवस्तुले यही मंसिर २९ गते तौलिहवामा हुने बिरोध प्रर्दशनलाई सफल बनाउन आग्रह गरेको छ ।  विरोध पर्दशनमा सहभागि हुन सबैलाई चुले निम्तो स्वरुप अपिल गरेको छ । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले वर्तमान सरकारका विरुद्धमा खवरदारी गर्न विरोध कार्यक्रममा सहभागि हुन सबै क्षेत्र र पाकिलाका पार्टी  सदस्य तथा शुभेच्छुकलाइ आग्रह गर्नु भएको  छ ।
      सभापति आचार्यले मंसिर २९ गते हुने बिरोध प्रर्दशनलाई सफल बनाउन गाउ गाउबाट कांग्रेस कार्यकर्तालाई तौलिहवामा आउन आग्रह गर्नु भयो । दुई तिहाईको सरकार बिरुद्ध सशक्त प्रर्दशन गरिने उहाले बताउनु भयो ।  उहाले वर्तमान सरकारलाई खवरदारीको विकल्प नभएको तर्क गर्नु भयो । यता राजाआउ देश वचाउ भन्ने नाराका साथ हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राजावादीले पनि २९ गते कपिलवस्तुको जीतपुर देखि तौलिहवा सम्म विशाल रयाली प्रदर्शन गर्ने भएका छन् । शिवसेना नेपालका केन्द्रिय अध्यक्षले रयालीको नेतृत्व गर्ने   कपिलवस्तुका अगुवा राजेन्द्र विक्रम शाहले जानकारी दिनु भयो ।

प्रकाशित : २७ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६