तुलसीपुर २८ मंसिर । नेपालका स्थानीयतहको इहिासमै पहिलो पटक दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतिय माध्यामबाट घरनक्सा पास हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरि पुस १ गतेदेखि विद्युतिय माध्यामबाट घर नक्सा पास सेवा सुरु गर्न लागिएको जानकारी दिएको हो ।
हाल रहेको कागजीप्रक्रियालाई विस्तापित गरि विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटो छरितो हुने तथा सहज हुने भएकाले यो सेवा सुरु गर्न लागिएको उपमहानगरापलिकाका प्रमुख घनश्यम पाण्डेले बताउनु भयो ।यो कामले अरुका लागि पनि वाटो खुला गरेको उहाको भनाइछ ।
प्रतिक्रिया